पुष्प र साम्राज्ञीको दमदार डान्स रहेको ‘मारुनी’ को ‘जाम्न माया जाम’ सार्वजनिक (भिडियो सहित)

375

जेठ २८,
काठमाडौँ । चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । दिपक बज्राचार्यको संगीत तथा स्वर रहेको गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले दमदार नृत्य प्रस्तुत गरेका छन् । भिडियो हेर्नुस् :

जाम्न माया जाम को कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् । गीतको शब्द रिक्की शाक्यले लेखेका छन् । नवल नेपालको निर्देशन रहेको फिल्ममा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । मारुनी लाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । फिल्मको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन् । संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि। गुरुङले सम्पादन गरेका छन् । यो फिल्म भदौ १३ गते देखि प्रदर्शन हुँदैछ ।