कलाकारलाई चुनाव लाग्योः अध्यक्ष २, उपाध्यक्षमा ४ को उम्मेदवारी

138

जेठ २५,
काठमाडौं । यही शनिबार नेपाल चलचित्र कलाकार संघ चुनाव हुँदैछ । चुनावको मिति नजिकिंदै गर्दा माहोल निकै तातिएको छ । नयाँ अध्यक्ष पदका लागि कलाकार रविन्द्र खड्का र सरिता लामिछानेले उम्मेदवारी लिएका छन् । अध्यक्ष पदका लागि उम्मेदवारी लिएका सरिता र रविन्द्रले पत्रकार सम्मेलन गर्दै प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । उनीहरु चुनावको नतिजा आ-आफ्नै पक्षमा हुनेमा आशामाम छन् । त्यस्तै, उपाध्यक्ष पदको लागि मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई, रेजिना उप्रेतीले उम्मेदवारी लिएका छन् ।