टिकटक स्टार रेश्मा घिमिरेको “ईन्गेजमेन्ट”

388

मंसिर १८,
काठमाडौं । म्युजिक मोडल तथा टिकटक स्टार रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छिन् । बुधबार विराटनगरमा प्रेमी प्रभात बासुसँग रेश्माले औंठी साटेकी हुन् । रेश्माका हुनेवाला दुलाह अमेरिकामा बस्दै आइरहेका छ । प्रभात र रेश्मा लामो समयदेखि प्रेम सम्बन्धमा थिए । नर्स रेश्माका प्रेमी प्रभात पेशाले चिकित्सक हुन् । टिकटकमा रेश्मा घिमिरेलाई १२ लाख बढीले पछ्याएका छन् । फिल्म ‘यो साइनो मायाको’ मा समेत अभिनय गरेकी रेश्माले हालसालै लगनगाँठो एल्बमको ५ वटा गीतहरुमा मोडलिङ गरेकी छिन् । उक्त एल्बमको गीतका भिडियोहरुमा उनको मिहेन्दी, संगीत, बिदाई भएको छ ।