विश्वकै खतरनाक भाइरस भएको ल्यापटप, ९५ अर्ब डलरको नोक्सान

193

एजेन्सी, जेठ २३,
काठमाडौँ । विश्वमा एउटा यस्तो भाइरस ग्रस्त ल्यापटप छ, जसको मूल्य करोडौँ पर्दछ । विश्वकै सबैभन्दा खतरनाक ६ वटा भाइरस भएको ल्यापटप कराडौँ मूल्यमा बिक्री भएको छ । अनलाइन लिलामीका क्रममा उक्त ल्यापटप बिक्री भएको छ । सामसुंग कम्पनीको उक्त ल्यापटपमा दुनियाँकै खतरनाक भाइरस थियो । उक्त भाइरसले दुनियाँभरमा गरी ९५ अर्ब डलरको नोक्सान पुर्‍याएको थियो ।

उक्त ल्यापटपलाई इन्टरनेट आर्टिस्ट गुओ ओ डंग र साइबर सेक्योरिटी कम्पनी डिप इन्स्टिंक्टले तयार पारेका हुन् । उक्त ल्यापटपमा Wanna Cry, BlackEnery, MyDoom, ILOVEYOU, SoBig, Darktequilaa लगायतका भाइरस रहेका छन् ।

ती भाइरसले कम्प्युटरमा कुनै असर नपारुन् भनेर ल्यापटपमा कैयन् सुरक्षा टिप्सको प्रयोग गरिएको छ । उक्त ल्यापटपको पोर्टचाहिँ निस्क्रिय पारिएको छ ताकि त्यसमा रहेको भाइरस पोर्ट मार्फत अन्य डिभाइसमा सर्न नपाओस् र ल्यापटपमै भाइरस सक्रिय नहोस् ।