साठी–चालिस परिणामको एकता हो ?

72
तस्विरः लेखक जम्बला लामा

जम्बला लामा-
तत्कालिन नेकपा (एमाले) र (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपाको घोषणा हुनु अघि भएको सहमतिले यति वेला राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच समान अवधिको आधारमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिलाई प्रचण्डले एक टेलिभिजन कार्यक्रममा खुलासा गरे पछि नेकपा भित्रको वहस पेचिलो भएको छ । प्रचण्डले यति नै वेला यस्तो विषय उठाउनुलाई अर्थपूर्णरुपमा हेर्न् सकिन्छ । निर्वाचन अघि नै ६० र ४० मा सम्झौता भएको भई निर्वाचनमा गएपनि परिणम भने लगभग ७०—३० को आयो। समायोजनमा भने पुर्व माओवादीले ४० प्रतिशत भन्दा बढि पाएको छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको चुनावी सरकारमै बसेर माओवादी केन्द्रले एमाले सँग चुनावी गठबन्धन गर्यो ।

जनताले बभर्खरै आएर बुझे तेतिखेरको ६०–४० भागबण्डाको भागअर्थ के थिय ो? तिनवर्ष प्रधानमन्त्री केपीओली र २ वर्षका लागी पुष्पकमल दाहाल । यसरी जनमतको अपमानहुने गरी पदको लोभमा बस्ने, फस्ने नेताहरुले राष्ट्रको सेवा गर्छन् ? मात्र आलो पालो गरी सरकार चलाउने र आफन्त र कार्यकर्तालाई पोस्याउने नीति भन्दा ् जना सेवा होइनरहेछ भन्ने अबआएर जनताले बुझेका छन् । मतलब देश विकास नभई आफ्नो कार्यकर्ता र भुमाफिय, भ्रष्टाचारी, अत्याचारी ठेकेदारहरुको सेवामा जुटेको होकिभन्ने सामाजिक सञ्जालमा व्यापक भएको छ ।

यस्तो दुई तिहाई भएको सरकार कहिनभएको जात्रा हाडी गाँउमा भने जस्तो बरिष्ट नेता भएर जहाँपायो त्यहा प्याचबोल्ने? अर्थात् चमतकारी शब्दहरु बोल्दामा एक छिन सोचेर अनि मात्र बोलेका भए अहिले यो भवकाण्ड हुन्थ्यो त । त्यो पनि नेपालको सबै भन्दा टप पत्रकार ऋषि धमलासंग । नेताले भन्दा बढि चमत्कार देखाउन सक्ने क्षमताभएको व्यक्तिमा पर्छन्। भारतको प्रधानमन्त्री नरेन्द्र मोदिको सपद ग्रहणमा सबै भन्दा प्रथम भारतिय राजदुत मञ्जीब सिंह पुरीको सिफारिसमा विरबल भन्दा चर्तुराई धमला प्रधानमन्त्री भन्दा अघि पुगि भारतमा यो एउटा चमतकारकै विषय बनेको छ ।

व्यापक जन प्रचार
व्यापक जन प्रचारहरु यसरी आएको छ कि सरकार, पार्टीले जनताको मर्का र पिडाको भाषा नै नबुझीने आलो पालो सरकार चलाउने देखि लिएर एक व्यक्ति एक पदन गरी एक से एक अब १६ महिना पछि अर्थात् एक वर्ष ४ महिना पछि मेरो पालो भनि घाटिनै सुक्ने गरी बोलेर जनमतको अपमान गरेको ठहर गरिएको छ ।

…भन्दा देख्नेलाई लाजभने जस्तो अबत भोट दिने जनतालाई पो लाज लागेको आभास भएको छ । यो मोल तोल गर्नुभन्दा एकता हुन अघि नै राम्रो संग सोच्नु थियो । विषयमा िवचार नगर्नु ठुलो गलत छ पुर्व एमाले अध्यक्ष हालवर्तमान प्रधानमन्त्री केपिओली को । यस्तो अवस्था आउछ पक्कै पनि भन्ने जनसमुदायले सोचेका थिए । परिणाम त्यस्तै आएको जनविचारहरु आएको छ ।

बाटो हिड्दा खेरी खाल्टा खुल्टी नहेरी हिड्यो भने खुट्टामा ठ्ेसलागेर जमिनमा लड्ने छ । त्यस्तै राजनीतिमा पनि साम, दाम, दण्ड र भेद यी नीति नअप्नाएको कारण वर्तमान प्रधानमन्त्रीलाई तकारोहरु तेर्सेको हो कि भन्ने जनअंकलन पनि नआएको होइन तर के भन्ने जनताले, जङ्गलको गैडाले सिदा भन्दा दायाँ बाँयाकतै नहेरेको जस्तो हाम्रो सरकार प्रमुख पनि त्यस्तै ढङ्गबाट हिडेको होकि भन्ने जनविचार पनि आएको छ । प्रधानमन्त्री ओलीजीले पनि एकता भै सके पछि एक व्यक्ति एक पदको नियम अपनाउननसकेको कारण नै एकतामा विकराल आएको जनसमुदायलाई महसुस भएको छ ।

गत जेष्ठ १६ गते विहिवार दिएको पुष्पकमलदाहालको अभिव्यक्तिले राष्ट्रको राजनीति संग प्रधानमन्त्री ओली सरकारको वर्तमान सरकारलाई समेत अस्थिर बनाउने संकेत जनसमुदायले गरेका छन् । अर्थात् उनि दुई जनाको लडाईको चाल र ताल देख्दामा नेपालीे जनताको सोचाईमा उनीहरुको श्र निजी सम्पति जस्तो जनतालाई ठानेको होकि भन्ने पनि जनअंकलनहरु आएका छन् । कतै भाष्मा सुरको कथा जस्तो हुनेत होइन ? जनगुनासोहरु यस्तै आएको छ ।

चमत्कारै चमत्कार न्यायापालिकामा
अर्थात् हाल न्यायालयबाट यस्तै चमत्कारको चलनहरु चलिरहेको जनतालाई महसुस भई रहेको छ कि कस्को विश्वास गरौं कस्को नगरौं । २०७६ जेष्ठ १४ गते १७–४५ बजे सर्वाेच्चको प्रधानन्यायाधिस चोलेन्द्र शंम्सेर राणाको पैmसालाले अजेय सुमार्गीलाई गद गद भन्ने अखवारहरुमा पढ्न पाएका छन् । गत जेठ १४ गतेका कुरा हो उद्योगपति तथा व्यापारी अजेयराज सुमार्गीले नेपालमा मुक्ति श्री सिमेन्ट उद्योगको लागि भन्दै भित्र्याको बैदेशिक लगानी सम्बन्धी मुद्दामा उनकै पक्षमा पैmसला भएको थियो । गत मंगलबार प्रधानन्यायाधिश चोलेन्द्र समसेर राणाको पुर्ण इजालसले अजेयराज सुमार्गीको पक्षमा फैसला सुनाएको थियो । राणा र वामकुमार श्रेष्ठको संयुक्त इजालसले यो फैसला पछी सुमार्गीको ७५ लाख अमेरिकन डलर (करिब करिब नेपाली रुपैया ८३ करोड २५ लाख नेपाली रुपैया) वैधानिक स्रोत बाट भित्र्एिको ठहर हुने देखिन्छ ।

सर्वोच्चको फैसलासँगै सुमार्गीले अब यो रुपैया चलाउने बाटो खुलेका छ । प्रधानन्यायधिस राणाको इजालसमा मुद्दा गत चैत्रको ४ गते पेशीमा चढेको थियो । तर निर्णय सुनाउनको लागी पेशी परे पनि सार्दै आएको सूचना नागरिकलाई प्राप्त भएको थियो । यस अघि दुई पटक फैसला मिति सारेको थियो । नेपालइन्भेष्टमेन्ट बैंकमा रहेको रकम विवादमा सर्वोच्चअदालतले सुरुमा िझक्न दिनु भन्दै र पछी फर्काउनु आन्तरिम आदेश गरेको थियोे । सर्वोच्चको प्रथम आदेशलाई देखाउँदै सुमार्गीले रकम झिके पछी फिर्ता भने गरेका थिएन । गत पौष १० गते तत्कालीन न्यायधिस दीपक राजजोशीको इजालसले सुमार्गीको मुक्तीश्री सिमेन्ट उद्योगको नाममा आएको वैदेशिक लगानी रकम नरोक्नु भनी आन्तरीम आदेश जारी गरेको थियो । सर्वोच्चको आन्तरिम आदेश जारी भए लगतै सुमार्गीले दुई अर्व रकम नेपालइन्भेष्टमेन्ट बैंकबाट पौष २१ गते झिकी सकेको थिए । सुमार्गीले रकमझिकेर लगेपछी वर्तमान प्रधानन्यायधिस राणा सहितको इजालसले इन्भेष्टमेन्ट बैंकमै फर्काएर पुरानै अवस्थामा राख्नअर्को आदेश जारी गरेको थियो ।

राष्ट्र बैंकले भने सो बैंकलाई पैसा फिर्ता ल्याउन निर्देशन दिएको थियो । त्यस अघि राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखी दिएपछी सुमार्गीले उक्त वैदेशिक लगानी मुक्तिश्री सिमेन्ट उद्योगको लागि आएको भन्दै सर्वोच्चमा पुगेका थिए ।
सुमार्गीको खातामा पटक पटक रकमजम्मा हुने भएकोले त्यसै मध्ये २ अर्व रुपैया भन्दा बढी रकम सुमार्गीले निकालेको खुलासा हुनआएको छ । उनले सुर्खेतमा मुक्तिश्री सिमेन्ट उद्योग संचालन गर्न ४ करोड ५० लाख अमेरीकन डलर करिबन ५ अर्ब नेपाली रुपैया खातामा जम्मा पारेको खुलासा हुनआएको छ ।

यस्तो चमत्कार की आफैले रोक्का गरेको अजेय सुमार्गीको अवैध रकम फेरी आफैले चमत्कार देखाई वैध रुपैया भनी फैसलागर्ने प्रधानन्यायधिस राणालाई कसले सजायदिने हो भन्ने जनविचारहरु नआएको होइन । के गर्ने कार्यपालिका नै तै चुप मै चुप गरेर बसेपछी सिमेन्ट नै उत्पादन नभएको सुर्खेतको मुक्तिश्री सिमेन्ट उद्योगलाई कहाबाट त्यत्रो रकम वैदेसिक ऋण उपलब्ध भयो भन्नेमा जनसमुदायको सरकार माथि शंका उब्जेको छन् । यो कस्तो चमत्का रै चमत्कारबाट निर्मित भएको न्यायालय र यो देशको सरकार । विवादित व्यक्ति हुन भन्दा भन्दै मात्यस्तै व्यक्तिलाई प्रधानन्यायधिस सिफारीस हुन्छ अनि जनतालाई वलिको बोकाबनाउने ?