आयुष केसी र प्रीतम आचार्य ‘सारेगमप’को फाइनलमा

319

जेठ २१,
काठमाडौ । नेपाली बालकद्वय आयुष केसी र प्रीतम आचार्य भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो सारेगमप लिटल च्याम्प्सु को फाइनलमा पुगेका छन्। केसी भक्तपुरको ठिमी र आचार्य सुनसरीको इटहरीका बासिन्दा हुन्। प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा आइतवार केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका हुन्। सेमिफाइनलमा नौ जना सहभागी थिए। उक्त रियालिटी शो जी टीभीमा हरेक शनिवार र आइतवार बेलुका प्रशारण हुँदै आएको छ। गत फेब्रुअरी ९ बाट सुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको छ।