१५ महीनापछि प्रधानमन्त्री बन्नेमा प्रचण्ड ढुक्क

113

जेठ १६,
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १५ महिनापछि आफू प्रधानमन्त्री बन्ने पक्कापक्की भएको बताएका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी शर्मा ओलीले पालना गर्ने विश्वास लिएको बताएका हनु् ।

प्राइम टेलिभिजनका सञ्चालन भएको पत्रकार ऋषि धमलासंगको कुराकानीमा प्रचण्डले स्पष्ट शब्दमा सत्ता हस्तान्तरणमा प्रधानमन्त्री ओलीले सहजता सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन । उनले ओली र आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘‘पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ बायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि टिक्ने छैनन् ।’’