बजेट भाषण : प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड विनियोजन

71

जेष्ठ १५,
काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड समानिकरण अनुदान विनियोजन गरेको बताएका छन् ।m यस्तै प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोडको सशर्त अनुदान विनियोजन गरिएको बताएका छन् । राजस्वतर्फ प्रदेश र स्थानीय तहलाई गरेर १ खर्ब ३० अर्ब ८९ करोड बाँडफाटमा हुने अनुमान गरेका छन् ।

उनले नेपालमा २ अंकको आर्थिक वृद्धिदर हुने आधार पनि तय भएको दाबी गरेका छन् । नेपालले पूँजिगत खर्च कम भएकाले त्यसलाई बढाउनका लागि थप मेहेनत गर्नुपर्ने पनि उनले बताएका छन् ।