विमानस्थलबाट सगरमाथाबाट ल्याइएको ‘पत्थर’ बरामद

58

जेठ १२,
काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको अवैध ‘पत्थर’ प्रहरीले बरामद गरेको छ । सगरमाथा क्षेत्रमा भेटिएको पत्थर आरोहणबाट फर्किएका एक आरोहीले ल्याएकोमा त्रिभुवन विमानस्थलबाट प्रहरीले बरामद गरेको हो । आरोही पेम्बा दोर्जे शेर्पाले र अर्का एक विदेशी नागरिकसमेतले ल्याएको सो ‘पत्थर’ संकास्पद देखिएकाले बरामद गरी बन विभागका अधिकारीलाई जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरु बाहिरिने क्रममा चेकजाँच हुँदा सो ढुंगा फेला परेको थियो ।
ढुंगा फेला परेपछि उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएर बन विभागका अधिकारीलाई पत्थर जिम्मा लगाएर छाडिएको बताइएको छ । सोही हेलिकप्टरमा सगरमाथा आधार शिविरमा खटिएका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत समेत सवार थिए ।