प्रहरी आक्रमणमा विप्लव कार्यकर्ताको मृत्यु

180

जेठ ८,
भोजपुर । प्रहरीको गोली लागेर पहिलोपटक नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताको मृत्यु भएको छ । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि भएको कारबाहीमा विप्लव कार्यकर्ता मारिएको यो पहिलो घटना हो । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते भएका विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो । ३२ वर्षीय घिमिरे षडानन्द नगरपालिका–२, कुदाककाउलेका हुन् ।

प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरे पनि विप्लव समूहले भने नयन्त्रणमा लिएर हत्या गरेको दाबी गरेको छ ।