Sunday, September 20, 2026
Home समाचार सुर्यविनायकको घुम्ती शिविरमा चार हजार बढि नागरिकलाई सेवा

सुर्यविनायकको घुम्ती शिविरमा चार हजार बढि नागरिकलाई सेवा

157

बैशाख ३१,
भक्तपुर । सूर्र्यिवनायक नगरपालिकाले आईतबार आयोजना गरेको गाउँगाउँमा सेवा पुर्याउने उद्देश्यले वडा नम्बर ९ र १० का नागरिकलाई केन्द्रीत गरी बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरी ४ हजार ४ सय आठ स्थानीयलाई सेवा लिएका छनु । पलाँसे स्थित फनपार्कमा आयोजना गरिएको शिविरमा सरकारी सेवातर्फ नागरिकता वितरण, अपाङ्ग परिचय पत्र वितरण, मतदाता नामावली सङ्कलन, जेष्ठ नागरिक परिचयपत्र लगायत जिल्ला प्रशासन कार्यालय, नगरपालिका र अन्य सरकारी कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवा उपलब्ध गराइएको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

शिविरमा माटो परीक्षण तथा बाली उपचार सेवा, मौसमी तरकारी बिउ बिजन एवम् बिरुवा वितरण, कृषि प्रविधि प्रसारण, व्यवसाय तथा घरेलु उद्योग दर्ता, पशु सेवा तर्फ नाम्ले जुकाको औषधि वितरण, गोबर जाँच, पशु स्वास्थ्य शिविर एवम् परामर्श, पशु बीमा तथा व्यवसाय लगायतको सेवा प्रदान गरिनुका साथै प्रतिव्यक्ति दुईकिलो धानको बिऊ निःशुल्क वितरण गरिएको थियो । शिबिरमा ७ सय ५२ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको ,३ सय ८३ जनाले गोबरजाँच सहित पशुसेवा लिएको ,एक हजार १ सय ९ जनाले धानको बीउ पाएको नगरपालिकाले जनाएको छ ।m परिवार नियोजन संघ काठमाडौं जडिबुटी शाखाले महिलाहरुको पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण र परामर्श सञ्चालन गरेको थियो ।स्वास्थ्यतर्फ विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले स्त्री रोग, बालरोग, हाडजोर्नी, नाक, कान, घाँटी रोग, दन्तरोग, आँखारोग, जनरल मेडिसिन, छातिरोग, छालारोग, ग्यास्ट्रोलोजि, सर्जिकल सेवा, प्राथमिक उपचार गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरेको थियो  । नगरपालिकाले यस अघि गुण्डुमा यस्तै शिविरको आयोजना गरेको थियो ।