कांग्रेसलाई प्रभावकारी बनाउन युवा नेतृत्व आवश्यक

199

बैशाख ३१,
सि बि क्षेत्री प्रबेग – कांग्रेसलाई प्रभाबकारी र सर्वशक्तिमान उदयको लागि युवा पुस्ताको नेतृत्व सहित बिपि कोइरालाका सैद्धान्तिक एजेन्डा लाई आधुनिकरण गर्न नब बिहानीको माग हो। राजनीतिक कालखण्ड्को प्रसङ्गलाई खोज्दै जादाँ नेपालमा परापुर्ब काल देखि नेपाली राजनीतिक समयको माग अनुरुप इतिहासको पानामा देखिन्छ । पछिल्लो समय सन्दर्भ लाई लिदा नेपालमा १०४ बर्शिय राणा कालान्तारको कु शासनले नेपाली जनतालाइ आफ्नो पन्जा भित्र कसेर राख्यो । समयको माग थियो नेपाली जनतालार्इ कु को पन्जा बाट बाहिर ल्याएर स्वतन्त्र दिनु थियो । सान्दर्भिक अभियान सहित जनताको साथ प्रष्टता भिजन ल्याएर बिपि कोइराला सहितको एक जमातले संर्घस जारी अनवरत संघर्स र बलिदानिले युवा जवान बिपि कोइरालाले प्रजातन्त्रको जन्म दिएर नेपाली जनतालार्इ स्वतन्त्रता सास फेरिएको इतिहासको सम्बोधन गरेको छ।

नेपाली कांग्रेस इतिहासमा जिम्मेवार पनि छ । जिम्मेवार पार्टी हो । नेपालको हरेक लोकतान्त्रिक लडाइँमा आफ्नो त्यागी र अर्पणको नमुना देखाउँदै नेपाली जनताको हरेक चाहानामा साथ दिएको पार्टी हो । नेपाली जनता र नेपालको लागि नेपाली कांग्रेसको असाधारण र उल्लेखनीय योगदान रहेको छ। नेपाली कांग्रेस, नेपाली माटो र नेपालीको भावनाको प्रतिनित्व एक मात्र नेपाली रुपान्तरणको पार्टी हो । नेपाली कांग्रेस राष्ट्रियताको सवालमा सदैब समर्पित रहेको पार्टी हो। स्वाभिमान राष्ट्रियता अखण्डताको मुद्दा आफ्नो तदारुकता देखाउदै आएको छ । गर्बिलो इतिहास बोकेको पार्टीमा केही ब्यक्ति बाट सानातिना गल्तिहरु स्वाभाविक छ्न । तर कांग्रेसले जनताको मर्म भाबनाहरुलार्इ आत्मसात गरेको छ । दशक लामो राजनितिक यात्रालाई अथक र अनरत निरंतरता दिइरहेको छ।
बि पि का अनुयायीहरु र गणेशमान ज्युका शिष्यहरु हौं हामी । कृष्ण भट्टराईले निर्देशीत गरेका पार्टीका कार्यक्रताहरु हौ हामी हाम्रो राजनीति र सैद्धान्तिक एजेन्डा प्रष्टता भएकै कारणले गर्वको अनुभुती भइरहेको छ । यति बेला हामीले निर्वाचन हारेका छौं तर नमिठो तरिकाले निर्वाचन हार्दा हामी थाकेका पनि छैनौँ । मुलभुत निर्वाचन हार्नमा हामी कसै माथि दोषारोपण गर्न चाँहदैनौ । यो जिम्मेवार सबै नेताको हो । पार्टी भित्र गुटबन्दीको ब्यापार चलाउँदा निर्वाचन हारियो । जनता माझ पुरानो भिजनले अलोकपृय भएर कांग्रेसले निर्वाचन हारेको छ। हामी सबै माझ कमी कम्जोरी होलान तर सबैले यति बेला आत्मालोचना गर्ने बेला आएको छ।

सम्पुर्ण नेपाली कांग्रेसका बयबृद्ध नेता ज्युहरुसङ्ग हाम्रो आग्रह हो । तपाईहरुले प्रजातन्त्र र नेपाली जनताको निम्ति धेरै योगदान दिनु भएको छ । साथै पार्टी प्रती अतुलनीय योगदान रहेको छ । तपाईंहरुकै कारणले हामीले कांग्रेस भन्न पाएका छौं । लोकतन्त्र भनेर स्वतन्त्रताको अधिकार पाएका छौ । पार्टीको लगाव र जनताहरु प्रतिको लगाव हेर्दा हामी तपाईं प्रती रिनि बनेका छौं ।

मौसम बदली भयो समयले काचुली फेर्यो ब्यबस्था परिवर्तन भयो । नेपाली जनताका अपेक्षा पनि फेरिएका छ्न । समयको माग हो अब तपाईंहरुले पार्टी बाट रिडायट लिएर अभिभावक बनी पार्टीको डाइभर सिटमा सकुशल चलायमान युवा नेताहरूलाई हस्तान्तरण गरे पार्टीको स्वरुप बदलिनेमा धेरै युवाहरुको अपेक्षा देखिन्छ ।
समयको मागको स्थापित मुद्दाहरु हुन्छन् । ति मुद्दाहरुलाई उर्जाशिल युवाहरूले सम्बोधन गर्न सक्नेमा आशाबादी रहेका देखिन्छ ।कांग्रेस कहाँ निर कम्जोर र सिथिल छ भन्ने पुस्टाइ अग्रज नेताहरूले गर्न जरुरी छ । तपाईंहरुको अमुल्य योगदान लाई कदर गर्दै तपाईहरुले हालेको जगमा हामी रुपान्तरण भएर नेपाली कांग्रेसका सैद्धान्तिक एजेन्डा लाई नेपाली जनता माझ रुपान्तरण गरेर नेपाली कांग्रेसको गुमेको साखलार्इ नयाँ भिजन सहित फर्काउनेमा युवाहरुको प्रमुख भुमिका रहने छ।

नेपालि कांग्रेस भित्र नब जवान बिपि कोइरालाको पालामा सकुशल एजेन्डा र युवा समर्पित हुँदा कांग्रेसले २०१५ सालमा दुई तिहाईको सरकार बनाएको थियो । कांग्रेसको साख बचाउनु छ सुदृढीकरण कांग्रेस बनाउनु छ । फेरिएका नेपाली जनताका आधुनिकरण मागहरु प्रती गम्भीर हुनु छ । यहि अनुरुप प्रतिबद्धता हुँदै कांग्रेसमा युवा नेतृत्व बिपिका एजेन्डा आधुनिक हुन कांग्रेसको सुभ बिहानिको सन्केत हो ।