साझा प्रकाशनका कर्मचारीको बिचल्ली, १४ महिनादेखि पाएनन् तलब

74

ईश्वरराज ढकाल( नेपाल समाचारपत्र)
बैशाख २७, काठमाडौं । गम्भीर आर्थिक संकटको कारण थला परेको साझा प्रकाशनका कर्मचारीले १४ महिनादेखिको तलब खान पाएका छैन । तलब खान नपाएपछि १ सय २९ जना कर्मचारीको दैनिकी संनै समस्याग्रस्त बन्दै गएको छ । १४ महिनादेखि तलब नपाएपछि अधिकांस कर्मचारीले घर भाडा तिर्न सकेका छैन । उधारो खाएको तिर्न र आफ्ना छोराछोरी भर्ना गर्न लगायत दैनिकी गुजारा गर्न सकेका छैनन ।

तलब नपाएपछि समयमै हाजिर हुने गरेका सबै कर्मचारीको गुनासो छ–हामीलाई त बाच्नै मुस्किल भयो । लौन तपाईहरुले सहयोग गरिदिनु प¥यो । दुई महिना अघि २०७४ साल फागुनको तलब थापेका उनीहरुले त्यसपछि एक रुपिया लिएका छैनन् । क्षेत्रिय कार्यालयका केही कर्मचारीको त केही महिनाको मात्र बाकी होला , हामीले त १४ महिनादेखि पाएका छैनौ–एक कर्मचारीले भने । तत्कालिन महाप्रबन्धक एवं अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गरेपछि प्रमुख खाली भएको साझा प्रकाशनमा कृषी मन्त्रालयका सहसचिव रघुराम विष्टलाई अध्यक्ष र सहकारी मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई महाप्रबन्धक ९जिएम०को जिम्मा दिइएका छ ।