Wednesday, September 23, 2026
Home अन्तर्राष्ट्रिय भनेलेजुएलामा प्रदर्शनकारीमाथि सरकारले बख्तरबन्द गाडी कुदायो (भिडियोसहित)

भनेलेजुएलामा प्रदर्शनकारीमाथि सरकारले बख्तरबन्द गाडी कुदायो (भिडियोसहित)

199

वैशाख १८,
काठमाडौँ ।राजधानी कराकसबाट प्राप्त दृश्यहरूमा अश्रुग्यास तथा गोली प्रहार भएका देखिन्छ। एक समय त प्रदर्शनकारीहरू भएको ठाउँमा सशस्त्र ट्याङ्क गुडाइयो। विपक्षी नेता हुवान ग्वाइदोले राष्ट्रपति निकोलस मादुरोविरुद्ध सैन्य विद्रोहको आह्वान गर्दै आन्दोलनमा उत्रिएपछि भेनेजुएलामा पुनः हिंसा शुरु भएको छ । उनले राष्ट्रपति निकोलस मादुरोलाई हटाउनका लागि निर्णायक कारवाहीको अपिल गरेसँगै थुप्रै संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् ।

 

प्रदर्शनका हिंसात्मक दृश्य विभिन्न सञ्चारमाध्यममा छाएका छन् । विशेष गरेर सुरक्षाकर्मीको बख्तरबन्द गाडी प्रदर्शनकारीमाथि चढेको भिडियो यतिबेला भाइरल बनेको छ । यता, राष्ट्रपति मादुरोले विपक्षी नेता गुआन ग्वाइदा र लियोपोल्दो लोपेजद्वारा आयोजित विरोध कार्यक्रमलाई अमेरिकी साम्राज्यवादको समर्थनमा गरिएको ‘कू’ को प्रयास बताएका छन् । उनका अनुसार उनीहरुको यस्तो प्रयास विफल भएको छ ।

‘वैध सरकारलाई हमला एवं सत्ताच्यूत गरेर भेनेजुएलालाई दास बनाउने प्रयास भइरहेको छ । देशको सेना शान्तिको पक्षमा उभिएकोमा म धन्यवाद दिन चाहन्छु,’ मादुरोले थपे । यसै वर्ष ग्वाइदोले आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । उनले जनवरीदेखि मादुरोलाई हटाउन विभिन्न विरोध प्रदर्शन गर्दै आएका छन् ।

यता, प्रदर्शनपछि भेनेजुएलाका विपक्षी नेता लियोपोल्दो लोपेज र उनका परिवारलाई चिलीको डिप्लोमेटिक मिसनबाट काराकासस्थित स्पेनिस एम्बेसीमा स्थानान्तरण गरिएको चिलीका विदेशमन्त्री रोबर्टो एम्प्युरोले बताएका छन् । एम्प्युरोले उक्त निर्णय लिनुमा ‘नीजि’ कारण भएको जानकारी ट्वीटरमार्फत् दिए । उनले यसबारे थप विवरण दिएका छैनन् ।

चिलीको विदेश मन्त्रालयले लोपेज र उनका परिवार काराकासस्थित चिली डिप्लोमेटिक मिसन रेसिडेन्सीमा ‘पाहुना’ को रुपमा आएको जानकारी दियो । लोपेज, निकोलस मादुरोका प्रमुख आलोचक हुन् । उनलाई सन् २०१५ मा हिंसा बढाएको आरोपमा १४ वर्षको जेल सजाय तोकिएको थियो । मानव अधिकार संगठनले लोपेजमाथिको आरोप राजनीतिक रुपमा प्रेरित भएको आरोप लगाएको थियो । लापेजलाई सन् २०१७ देखि नजरबन्दमा राखिएको थियो । उनलाई केही दिनअघि रिहा गरिएको थियो ।

भेनेजुएलाका २५ सेनाले ब्राजिलमा शरण मागे

भेनेजुएलाका दुई दर्जन बढी सेनाले काराकासस्थित ब्राजिलको दूतावासमा शरणको माग गरेको ब्राजिलका राष्ट्रपति जेइर बोल्सोनारोले मंगलबार पत्रकार सम्मेलनमा बताए । प्रवक्ता ओताभियो रेगो बारोसले उच्च पदस्थ सैन्य अधिकारी कसैले पनि शरणको माग नगरेको स्पष्टिकरण दिएका छन् ।

ब्राजिलले मंगलबार रक्षा मन्त्रालयको बजेटमा ५ करोड ७० लाख डलरको बृद्धि गरेको जानकारी दिएको छ । यसमार्फत् भेनेजुएलाका नागरिकलाई देश प्रवेश गर्न र ब्राजिलमा भएका भेनेजुएलाका नागरिकलाई सहयोग  गरिने जानकारी दिइएको  छ ।

 

अमेरिकी सरकार भेनेजुएलामाथि ‘निकै केन्द्रित’

सेक्रेटरी अफ स्टेट माइक पोम्पियोले भेनेजुएलासँग कूटनीतिक पहलबारे छलफल भइरहेको जानकारी दिएका छन् । मंगलबार बेलुका आयोजित बिजनेस एक्जेक्युटिभ फर नेशनल सेक्युरिटी आइसेनहावर अवार्डमा यसबारे जानकारी दिएका हुन् । वासिङ्टन डिसीमा आयोजित उक्त कार्यक्रममा अमेरिका भेनेजुएलाबारे निकै केन्द्रित भएको बताएका छन् ।