Sunday, September 27, 2026
Home ताजा अपडेट धादिङ केन्द्रबिन्दु भएर तेस्रो पटक भूकम्पको धक्का

धादिङ केन्द्रबिन्दु भएर तेस्रो पटक भूकम्पको धक्का

91

बैशाख ११,
काठमाडौं– धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । केन्द्रका अनुसार बिहान पनि नौबिसे आसपास नै केन्द्रबिन्दु भएर २ वटा भूकम्पको धक्का गएको थियो । बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४।२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।

चार वर्षअघि अर्थात ०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प जाँदा ८ हजार बढी मानिसको ज्यान गएको थियो भने ७ लाख बढी घर भत्किएका थिए । त्यसयता ४ हजारबढी परापकम्प आइसकेको केन्द्रले जनाएको छ ।