धादिङ केन्द्रबिन्दु भएर तेस्रो पटक भूकम्पको धक्का

83

बैशाख ११,
काठमाडौं– धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । केन्द्रका अनुसार बिहान पनि नौबिसे आसपास नै केन्द्रबिन्दु भएर २ वटा भूकम्पको धक्का गएको थियो । बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४।२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।

चार वर्षअघि अर्थात ०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प जाँदा ८ हजार बढी मानिसको ज्यान गएको थियो भने ७ लाख बढी घर भत्किएका थिए । त्यसयता ४ हजारबढी परापकम्प आइसकेको केन्द्रले जनाएको छ ।