Sunday, September 27, 2026
Home पत्रपत्रिका कब्जा गरिएका सरकारी जग्गा फिर्ता गरिन्छः प्रधानमन्त्री

कब्जा गरिएका सरकारी जग्गा फिर्ता गरिन्छः प्रधानमन्त्री

91

नागरिक दैनिक
बैशाख १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइने बताएका छन्। नयाँ वर्षको अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्ट र अनैतिक आचरण भएको मान्छे नेपाली हुनै नसक्ने बताए। सम्बोधनको क्रममा उनले सरकारले एक वर्षमा प्राप्त गरेको उपलब्धीबारे पनि चर्चा गरे। एक वर्षको अवधिमा संघीयताको जग बसाल्ले काम भएको भन्दै अब समृद्धिको यात्रा तय भएको बताए। बालुवाटारकै सरकारी जग्गा भूमाफियाले बेचेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले कानुन बामोजिम सरकारी जग्गा फिर्ता गराइने स्पष्ट पारे।