Wednesday, October 7, 2026
Home समाचार माछा मार्न प्रयोग गरिएको विष्फोटक पदार्थ पड्कीएर एक किशोरको मृत्यु

माछा मार्न प्रयोग गरिएको विष्फोटक पदार्थ पड्कीएर एक किशोरको मृत्यु

221
सांकेतिक तस्विर

चैत २०,
पाल्पा -स्याङ्गजामा माछा मार्न प्रयोग गरिएको विष्फोटक पदार्थ पड्कीएर लाग्दा एकजना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका–६ छापका १८ वर्षीय पारस बराल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्ण सापकोटाले बताए। बरालको उपचारको क्रममा युनाइटेड मिशन अस्पताल तानसेन पाल्पामा मंगलबार राती मृत्यु भएको हो। घरदेखि तल रहेको आँधीखोलामा साथीहरूसँगै माछा मार्न गएका बराल माछा मार्नको लागि तयार गरेको विष्फोटक पदार्थ एक्कासी पड्किएर लाग्दा मंगलबार घाइते भएका थिए। उनको शव जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी बुधबार आफन्तलाई बुझाइएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए।