जब आफैले माया गरेर पालेको सिंहको शिकार बने एक युवा

117

बीबीसी, फागुन २२,
काठमाडौँ -चेक गणतन्त्रमा एकजना युवालाई आफैले पालेको सिंहले आक्रमण गरेर मारिदिएको छ। माइकल प्रसेकको घरमा ९ वर्षको सिंह र प्रजननको निम्ति अर्को सिंह पनि थियो। जसलाई लिएर स्थानीय बासिन्दा चिन्तित थिए। प्रसेकको मृत शरीर उनका बुवाले सिंहको खोरमा फेला पारे र उनले स्थानीय सञ्चार माध्यमलाई खोर भित्रबाट बन्द गरिएको जानकारी दिए। प्रहरीले अलग अलग खोरमा राखिएका जनावरलाई गोली हानेर मारिदिएका छन्। प्रहरीका प्रवक्ताले मान्छेलाई बाहिर निकाल्न ती जनवारलाई गोली हान्नु आवश्यक भएको बताए।

साइकल यात्री रसिंहको ठक्कर
सन् २०१६ मा ३३ वर्षिय प्रसेकले सिंह र गत वर्ष पोथी सिंह ल्याएर दुबैलाई घरको पछाडिको घरमा बनाइएको खोरमा राखेका थिए। उनले त्यसअघि उनलाई खोर बनाउने अनुमति दिन अस्वीकार गरिएको थियो र अवैध प्रजनन प्रक्रियाको निम्ति उनले जरिबाना पनि तिरेका थिए। तर अधिकारीहरूसँगको उनको विवाद आफ्नो घरमा कसैलाई पनि पस्न नदिने बताएपछि साम्य भएको थियो। चेक गणतन्त्रमा बैकल्पिक व्यवस्थाको अभाव वा क्रुर घटना नभएकाले सिंहलाई जबरजस्ती हटाउन सकिएको थिएन।गत गर्मियाममा सिंहलाई डोर्‍याउँदै हिडिरहेका बेला एउटा साइकल चालक ठोक्किएपछि प्रसेक समाचारको पात्र बन्न पुगेका थिए। प्रहरीको हस्तक्षेपपछि उक्त घटनालाई एउटा सडक दुर्घटनाको रूपमा लिइएको थियो। त्यहाँका मेयरले पछिल्लो घटना पछि लामो समस्या समाधानको निम्ति अन्तिम सहयोगी बन्न सक्ने बताएका छन्।