राष्ट्रपति आइतबार अमेरिका जाँदै

87

फागुन २२,
काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३औं बैठकमा सहभागी हुन अमेरिका जान लागेकि हुन् । राष्ट्रपति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही २६ फागुनमा अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छिन् । लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको
‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालय सचिव, सोही कार्यालयका विज्ञसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव, सरकारी र गैरसरकारी क्षेत्रका २४ जना सदस्य रहनेछन् । जेनेभामा हालै भएको राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४०औं बैठकका उपलब्धिबारे मंगलबार परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीलाई जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा रहने बताए ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालय सचिव, सोही कार्यालयका विज्ञसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव, सरकारी र गैरसरकारी क्षेत्रका २४ जना सदस्य रहनेछन् ।