बाटो छेक्यो हिउँले

90

कान्तिपुर दैनिक
फागुन २१, लमजुङ र रुकुम पूर्व — मनाङमा फागुन १ मा नयाँ शैक्षिक सत्र सुरू भए पनि विद्यालय हिउाले ढाकिएकाले पठनपाठन हुन सकेको छैन । बाटामा हिउँ थुप्रिएपछि एस्काभेटरको सहायताले हटाउन थालिएको छ । उपल्लो मुस्ताङको लोमन्थाङ र डालोमेका चरन खर्कमा बाक्लो हिउँमा पुरिएर चौंरीगाई र भेडाच्यांग्रा मर्न थालेका छन् ।
विद्यालय खुलाउन मनाङको माथिल्लो भेग हिँडेका शिक्षक हिमपातले बाटो अवरुद्ध भएपछि बीचबाटै फर्किएका छन् । हिमपातले नासों–९ दानाक्युबाट चामे हुँदै मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सडक र गोरेटो सबै बन्द छन् । मनाङमा फागुन १ मा नयाँ शैक्षिक सत्र सुरु भएको छ । हिमपातका कारण माथिल्लो मनाङमा पठनपाठन सुरु हुन सकेको छैन । स्कुलहरू हिउँले छोपिएको स्थानीयले बताए । चामे र नासों गाउँपालिकाका स्कुल भने फागुन १ देखि खुलिसकेका छन् ।