Sunday, September 20, 2026
Home खेलकुद भक्तपुरमा मैत्रीपूर्ण फुटसल सम्पन्न

भक्तपुरमा मैत्रीपूर्ण फुटसल सम्पन्न

121

भक्तपुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ भक्तपुर जिल्ला कमिटीद्वारा ७३ औ मदन जयन्तीको अवसरमा आयोजित मैतिपूर्ण फुटसल प्रतियोगीता सम्पन्न भएको छ । उक्त कार्यक्रममा फुटसल प्रतियोगीताका बिजेता र एमालेको हालै सम्पन्न जिल्ला अधिवेशनवाट निर्वाचित पदाधिकारि तथा सदस्यहरुलाई सम्मान गरिएको छ ।

पार्टी र खेलकुद महासंघ भक्तपुरको टिमबीच मैत्रिपूर्ण फुटसल हुदाँ खेलकुद महासंघको टिमले खेल जितेको थियो । कार्यक्रममा बागमती प्रदेशमा स्वास्थ्य मन्त्री नियुक्त हुनु भएका एमाले उपाध्यक्ष किरण थापालाई सम्मानका साथै शुभकामना दिएको थियो ।उक्त कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, उपाध्यक्ष थापा, सचिव विष्णु लामा, उपसचिव उत्तरा नेपाल, दीपक थापा, अनन्त वैद्यलगायतको उपस्थिती रहेको थियो ।