Friday, September 18, 2026
Home साहित्य मुक्तक

मुक्तक

221
तस्विरः लेखिका जानु काम्बांग लिम्बू

जानू काम्बाङ्ग लिम्बू,
मैले केहि सोचिराछु, लेख्नु पर्छ आज
दुनियाले जे भने नि लेख्नु पर्छ आज
पक्कै पनि लेखेर नै मेट्छ मनको तलतल
मनको तलतल लेखेर नै मेट्नु पर्छ आज

मुक्तक
मलाई अचेल जुवाको लत लागेकोछ
घरमा टिनको पुरानो छत लागेकोछ
सोंच्छु नखाई बचाएर राम्रो घर बनाऊँ ! 
त्यै काम पनि मलाई फगत लागेकोछ !! 

मुक्तक
नजिक भएको माईत पनि जान पाईन्दैन
मिठो मिठो खाने कुरो खान पाईन्दैन
कति कति मनको बह, आफ्नो भने मनमा
नन्द भन्छिन् अझै दाईजो लान पाइन्दैन रु

मुक्तक
लेख्या हुन्छन् यहाँ धुम्रपान निषेध छ
तर,पिउनेहरू भन्छन् यहिँ ठाउँ बिशेष छ
को होला र पालना गर्ने नियम सरकारको
कति देशहरूको जताततै उपनिबेष छ !! 

ताप्लेजुङ्ग हाल परदेशः बेलायत