Saturday, September 26, 2026
Home समाचार प्रधानमन्त्रीद्वारा चौभारको सुख्खा बन्दरगाहको शिलान्यास

प्रधानमन्त्रीद्वारा चौभारको सुख्खा बन्दरगाहको शिलान्यास

78

माघ ३, काठमाडौं
चौभारमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले बिहीबार शिलान्यास गरेका हुन्। चोभार संरक्षण समितिको अगुवाइमा भएको विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्जन, मिलन थापालगायत रहेका छन् ।

हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको विरोध भएकाले लामो समयदेखि बन्दरगाह निर्माण सुरु हुन सकेको थिएन।