Saturday, September 26, 2026
Home अर्थ आन्तरीक राजश्व विभागका महानिर्देशक नेपालले पदिय आचरणविपरीत काम गरेको भन्दै कार्वाहीको माग

आन्तरीक राजश्व विभागका महानिर्देशक नेपालले पदिय आचरणविपरीत काम गरेको भन्दै कार्वाहीको माग

181

काठमाडौँ, माघ २
आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णु प्रसाद नेपालले विभाग मातहत रहेको ७९ अर्व ४० करोड ५६ लाख वक्यौता असुल उपर गर्न ताकेता गर्नु पर्नेमा सो कार्य नगरेको तथा यस सम्वन्धि सूचना माग गर्दा सूचना प्रवाह नगरेको भन्दै भ्रष्टाचार विरुद्ध साजा मञ्च नेपालले महानिर्देशक विष्णु प्रसाद नेपाल लाई पदिय आचरण विपरित कार्य गरेको भन्दै कार्वाहीको माग गरेको छ । मञ्चका अध्यक्ष विश्व निती प्रकाशमान सिंह पाख्रिनले भने “वक्यौता असुल उपरमा ध्यान नदिएको मात्र होइन महालेखा परिक्षकको कार्यलयले औलाएको वक्यौताको सूचना प्रवाह गर्न समेत नमाने वाट महानिर्देशक नेपालले पद अनूसारको आंचरण नगरेको ठहर्छ । यसवाट उनले मेलेमक्तोमा जोगाउन खोजेको देखिन्छ । सम्वन्धित निकायले अनुसन्धान गरी कार्वाही गरी राज्यले प्राप्त गर्नु पर्ने राजश्व गुम्न वाट जोगाउन जरुरी छ ।”

मञ्चले गत अश्विन २६ गते राजश्व वक्यौता मध्ये दुरसंचार कम्पनीको रु ६० अर्व ७१ करोड वर्गिकृत विवरण माग गरेको सूचना अधिकारीवाट उक्त विवरण प्राप्त नभए पछि महानिर्देशकलाई नै सम्वोधन गरेर कार्तिक ९ मा विवरण माग गर्दा समेत नदिइ राजश्व नर्तिनेहरुको पृष्ठपोषण गरेको भन्दै मञ्चले संसदको सार्वजनिक लेखा समिति र अर्थ मन्त्रालयमा उजुरी दिएको प्रमाण नयाँ नेपाल न्यूज डटकमलाई प्राप्त भएको छ ।

मञ्चले मुलुकमा हुने गरेका भ्रष्टाचारका विषयमा सम्वन्धित निकाएको ध्यानाकर्षण गराउदै कार्वाहिको लागी पहल गर्दै आएको जनाएको छ । मञ्चले भनेको छ आयकर ऐन २०५८ को दफा १०९ र मुल्य अभिवृदि कर ऐन २०५२ को दफा २१ र अन्त शुल्क ऐन २०५८ को दफा १० ‘ज’ मा कर राजश्व, अन्त शुल्क असूलउपर गर्ने अधिकार विभागलाई भए पनि सो कार्य नगरेकाले कार्वाहीका लागी उजूरी दिनु परेको उल्लेख छ ।