Saturday, September 26, 2026
Home समाचार ‘टुटल र पठाओ’ को समर्थनमा नेविसंघ

‘टुटल र पठाओ’ को समर्थनमा नेविसंघ

115

पुस २,
काठमाडौं । काँग्रेसको भ्रातृ संस्था नेपाल बिद्यार्थी संघ नेविसंघले उद्यमशीलताको विकास गर्न हेतुले खोलिएको‘टुटल’ र ‘पठाओ’ बन्द गर्ने सरकारी तयारीको विरोध गरेको छ ।
नेविसंघले बुधबार विज्ञप्ति जारी गर्दै स्वरोजगार प्रदान गरेका मोटरसाइकल चालकहरुलाइ ट्राफिक प्रहरीले नियम उल्लंघन गरी अवैध यात्रु ओसार पोसार गरेको आरोपमा समातेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
‘देशमा स्वरोजगार सृजना हुँदा त्यस्तो कुरामा समर्थनमा राज्यले उचित कानुनको व्यवस्था गर्नुको साटो उल्टो निरुत्साहित गर्ने गतिबिधि रोक्न नेबिसंघ आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ । साथै नेविसंघले चाँडो भन्दा चाँडो यस्ता उद्यमशीलतका कुरालाई सहजीकरण हुने किसिमका नियम कानुन बनाउन सरकारसँग माग गरेको छ ।
समृद्घिको बाटोमा राज्य अगाडि बढ्न खोज्दा सरकारले बाधा पुयाए नेपाल बिद्यार्थी संघ सडकमा ओर्लेर आन्दोलन गर्ने चेतावनी समेत सो संघले चेतावनी दिएको छ ।

नेविसंघ केन्द्रीय सदस्य तथा प्राविधिक बिद्यार्थी परिषद संयोजक ई। ९आ।० मेली शाहले जारी गरेको विज्ञप्तिमा दैनिक करिब १५०० युवा रोजगारीका लागि विदेश जाने गरेको अवस्थामा निजी सवारीको प्रयोग गरेर यात्रु ओसार पोसार गरेर गरेर रोजगारी दिनु सकारात्मक भएको उल्लेख छ । त्यस्तै सो संघठनले युरोप, अमेरिका, अष्ट्रेलिया लगायत छिमेकी देश भारत, बंगलादेशमा यस्तो रोजगारीको सृजना भएको स्मरण गराएको छ ।