Saturday, September 26, 2026
Home स्वास्थ्य कन्दुमलले नसर्ने रोग लाग्नबाट बचाउँछ

कन्दुमलले नसर्ने रोग लाग्नबाट बचाउँछ

160

पुस २,
पछिल्लो समय हामी भातमुखी हुन थाल्यौं अर्थात् कन्दमुल भन्दा पनि धेरै भात खाने चलन भयो । तर हाम्रो संस्कार अनुसार विशेषतः माघीको दिन पारेर खाइने तरुल कन्दमुलहरुले मानव स्वास्थ्यमा यथेस्ट मात्रामा क्यालोरी त दिन्छ नै त्यो बाहेक शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वहरु पोटासियम, क्याल्सियम, फस्फोरस, फाइबर अत्याधिक मात्रामा पाइन्छ । जसले गर्दा कन्दमुलको महत्त्व एकदमै धेरै छ । स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक यस्ता कुरा दैनिक खाँदा धेरै राम्रो हुन्छ । भातको सट्टा तरुल, पिडाँलु खाने हो भने नसर्ने रोगबाट धेरै हदसम्म जोगिन सकिन्छ । पछिल्लो समय सर्नेभन्दा पनि नसर्ने रोगका बिरामीहरु धेरै रहेका छन् । नियमित कन्दमुल सेवनले नसर्ने रोगहरु धेरैहद सम्म कम हुनसक्छ ।

हाम्रो शरीरमा नदेखिने भोकमरी अर्थात खनिज तत्त्वको अपुग हुन्छ । हाम्रो शरीरमा जति क्यालोरिन, प्रोटीनको आवश्यक पर्छ त्यतिनै मिनरलको पनि आवश्यक पर्छ । मिनरलले हामीले खाएको पौष्टिक तत्त्व पचाउन मदत गर्छ । खनिज तत्त्व भएन भने ठूलो परिमाणमा खाएको कुराहरु पच्दैनन् जसले गर्दा शरीरमा ठूलो असर गर्छ । नसर्ने रोगहरु लाग्ने, किड्नी तथा पाचनशक्तिमा गडबडी, बच्चाहरुको बृद्धि बिकास नहुने जस्ता समस्याहरु देखिन्छ । नियमित कन्दमुल खाएको खण्डमा यस्ता समस्यालाई पन्छाउन तथा धेरैहदस्मम रोक्न सकिन्छ ।