मैतीदेवी प्रहरी विटमा महानगरले चलायो डोजर

45

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मैतीदेवी चोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । मङ्गलवार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका थिए । त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको हो ।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए ।