नगरकोटमा घर टहरा भत्किएका सुकुम्बासीलाई निवेदन दिन पाँच दिने सूचना

1599

भदौ २,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरकोट र आसपासका क्षेत्रमा सार्वजनिक वन अतिक्रमण गरि बनेका घर टहराहरु भत्केका तथा वास्तविक सुकुमवासीलाई ५ दिन भित्र निवेदन दिन सूचना जारी गरेको छ । सो क्षेत्रमा डिभिजन वन कार्यलय भक्तपुरको संयोजनमा जिल्ला स्थीत विभिन्न निकाय र नगरपालिकाको सहजिकरणमा अतिक्रमित घर टहरा हटाउने क्रम जारी रहेकै वेला नगरपालिकाले यस्तो सुचना जारी गरेको छ । निवेदकले चाँगुनारयाण नगरपालिकाको वासिन्दा भएको र काहि कतै घर जग्गा नभएको प्रमाण सहित निवेदन दिदाँ अल्लपकालिन र दिर्घकालिन योजना बनाई बसोबासको व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ ।