‘सय कडा दश’ प्रोमो रिलिज (भिडियो सहित)

210

पुस १६,
काठमाडौं । रामशरण पाठकले निर्देशन गरेको फिल्म ‘सय कडा दश’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
भष्टाचार विरुद्ध बनाइएको फिल्ममा राजाराम पौडेल, मनोज गुरेल, अमृत ढुङ्गाना, करुण श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवी डगोल, रश्मि भट्ट, टक राज आर्चाय, मानषी निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय, र संजीव नयौपानीको लगानी रहेको छ ।

प्रोमो हेर्नुस्:

रज्जु प्रधानको कथालाई निर्देशक पाठकले पटकथा तथा संवाद तयार पारेका छन् । कल्याण सिंह र जुगोल डंगोको संगीत, रामश्वर कार्कीको छायांकन, दिलिप ओखेडाको कोरियोग्राफी, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । फिल्म माघ १८ गते देखि रिलिज हुँदैछ ।