Thursday, October 22, 2026
Home मनोरन्जन एक सय १० हलमा शत्रु गते

एक सय १० हलमा शत्रु गते

310

चैत १०,
काठमाडौं । फिल्म शत्रु गतेले प्रदर्शन सुरु गरेको छ। सोलो रिलिजको मौका पाएको यो फिल्मले देशभरबाट एक सय १० वटा हल पाएको छ। मल्टिप्लेक्स हलहरूमा पनि फिल्मको सो उच्च छ। फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२, बिग मुभिजमा नौ, एफक्युबमा आठ, सिने डी सेफमा १०, बीएसआर मुभिजमा आठ र क्युज सिनेमाजमा सात शो पाएको छ। बुधबारबाट खुल्ला गरिएको अग्रिम बुकिङ पनि उत्साहजनक छ। मल्टिस्टारर फिल्म निर्माण घोषणादेखि नै चर्चामा छ। फिल्मको दुई गीत ुरूपै मोहनीु र ुपिरतीको बिर्कोुलाई पनि दर्शकले रुचाएका छन्। दुई गीतबाट नै चर्चित बनेको यो फिल्मको ट्रेलरले पनि दर्शकमा झन उत्सुकता बढाएको थियो। मह सञ्‍चारको ब्यानरमा निर्माण भएको शत्रु गतेुलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, राजाराम पौडेल, पल शाह र आँचल शर्मालगायतका कलाकार छन्। किरण केसी प्रस्तुतकर्ता रहेको फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ। रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौडेल फिल्मका निर्माता हुन्। दीर्घ गुरुङले खिचेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन्।