Saturday, October 17, 2026
Home समाचार घरेलु मदिरा नष्ट

घरेलु मदिरा नष्ट

101

मंसिर २८,
काठमाडौँ । महानगरीय प्रहरी परिसरले आज ठूलो मात्रामा बजारमा लैजान तयारी अवस्थामा राखिएका अवैध घरेलु मदिरा नष्ट गरेको छ । घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपन र सोही नगरपालिका ११ स्थित लसुनटारबाट सात हजार ५०० लिटर तयारी घरेलु मदिरा नष्ट गरेको हो । अभियानअन्तर्गत नै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ (कोदो, मकै, गहुँ र भातको) १५ हजार ७०० लिटर नष्ट गरिएको प्रहरीले जनाएको छ । अवैध रुपमा उत्पादन गरिएको उक्त मदिरा र कच्चा पदार्थ स्थानीय वासिन्दा, वडा प्रतिनिधि र सञ्चारकर्मीको रहोवरमा नष्ट गरिएको हो । प्रहरीले मदिरा उत्पादन गर्न प्रयोग गरिने २०० लिटरको प्लास्टिकको ड्रम २७ वटा, २० लिटरको प्लास्टिकको ड्रम २३ वटा, प्लास्टिकका बाटा २६ वटा बरामद गरिएको महागरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।