नोक्सानमा कांग्रेस पार्टीः आम्दानीभन्दा खर्च धेरै

77

मंसिर २८,
काठमाडौं । कम्युनिस्टहरुको आरोप के छ भने नेपाली कांग्रेस धनीमानीको पार्टी हो । कांग्रेस पार्टीको सम्पत्ति कति होला त ? यसमा कार्यकर्तालाई मात्र होइन, गैरकांग्रेसलाई पनि चासो लाग्नु स्वाभाविकै हो । तर, नेपाली कांग्रेस गरीब बन्दै गएको र तीन वर्षयता घाटामै चलिरहेको तथ्य बाहिर आएको छ । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टी घाटामा रहेको विवरण केन्द्रीय कार्यसमितिमा पेश गरेकी छन् ।
कोषाध्यक्षको प्रतिवेदन हेर्दा सभापति देउवाको कार्यकालका तीनवटै आर्थिक वर्षहरुमा पार्टी घाटा बजेटबाट चलिरहेको छ । महासमिति बैठकको पूर्वसन्ध्यामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कोषाध्यक्ष यादवले ‘आम्दानीभन्दा खर्च धेरै’ भएको आर्थिक प्रतिवेदन पेश गरेकी हुन् । यादवका अनुसार पछिल्लो तीन वर्षमा पार्टीको आयभन्दा खर्च धेरै छ । कांग्रेसले आर्थिक वर्ष २०७२र७३ मा ५ करोड ८८ लाख ३९ हजार ८२ हजार आन्दानी गरेको थियो । त्यसमा २ करोड ४७ लाखभन्दा बढी दस्तुर तथा नवीकरण शुल्क उठेको थियो । त्यसैगरी ३ करोड २७ लाख ८८ हजार बढी चन्दा तथा सहयोग जुटेको थियो । सो आर्थिक वर्षमा कांग्रेसको खर्च ६ करोड ४१ लाख ७६ हजार ८२६ थियो । यो पनि आम्दानीभन्दा खर्च धेरै हो । -अनलाइन खबरबाट