Sunday, September 27, 2026
Home राजनीति सधै दोहोरी खेल्ने महेश बस्नेत र प्रेम सुवाल यसरी आए एक ठाउँमा

सधै दोहोरी खेल्ने महेश बस्नेत र प्रेम सुवाल यसरी आए एक ठाउँमा

124

मंसिर ५,
भक्तपुर । सधै एक अर्का विरुद्ध खनिने भक्तपुरका दुई सांसद एकै कार्यक्रममा देखिदा धेरैलाई नौलो लागेको छ ।
नेपालकै नमुना सडकको रुपमा रहेको अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको ६ लेन सडकमा दुर्घटना हुने क्रम बढ्दै गए पछि सुरक्षित राजमार्ग अभियानमा नेकपाका सासंद महेश बस्नेत र नेमकिपाका सांसद प्रेम सुवाल एकै कार्यक्रममा भेटिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको सरोकारवालाहरुको बैठकमा बोल्दै पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले पछिल्लो समयमा ६ लेन सडक मृत्युमार्गको रुपमा चिनीने भय उत्पन्न भएको बताए ।
उनले जिल्लाबासी सबैको साझा पहलमा यो सडकलाई सुरक्षित, जाममुक्त र सफा बनाउनुपर्नेमा जोड दिएका छन् ।

सांसद प्रेम सुवालले छ लेन सडकलाई सुरक्षित र जाममुक्त बनाउन भक्तपुर जिल्लाको पहल मात्र पर्याप्त नहुने भन्दै यसमा केन्द्र र प्रदेश सरकारको पहल समेत अपरीहार्य रहेको बताए । सांसद सुवालले सन्तुलित विकास गर्नुपर्नेमा जोड दिंदै जनताको चाहना अनुसारकोे विकासका कार्यहरु तीनै तहले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सांसद प्रतिमा श्रेष्ठ, सरस्वती बाटी र रजनी जोन्छेले ले प्रदेश नं. ३ लाई प्लास्टिक मुक्त र धुवाँ रहित बनाउने नीति सरकारले अघि बढाएको बताउँदै हराभरा, सुन्दर, शान्त, मदिरा तथा लागुऔषध मुक्त भक्तपुर बनाउन जिल्लाका सम्पूर्ण निकाय, जनप्रतिनिधि तथा राजनैतिक दलहरु एकढिक्का भई अघि बढ्नु आवश्यक रहेकोमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले यो अभियानमा राजनीतिक दललाई पनि संगै लानुपर्ने र अभियानका क्रममा वातावरण संरक्षण गर्दै वृक्षारोपण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भोली बिहीबारदेखि एक महिनासम्म निरन्तर सुरक्षित, सफा र ब्यबस्थित राजमार्ग अभियान संचालन गरिने जानकारी दिंदै राजमार्गलाई चुस्तदुरुस्त राख्न र्यापीड रोड रिपीयर टिम समेत गठन गरिने बताए ।