भोली मङ्सिर ५ गते सार्वजनिक विदा

110

मंसिर ४,
धनुषा । प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ । सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । सो दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । रासस