गीतः उ जुनीको….

145

-यमुना पराजुली अधिकारी,
उ जुनीको गल्ती हो कि, यै जुनीको गल्ती
हाम्रो मिल्ती दैवलाई किन लाग्यो गल्ती ?

हाँसो थियो खुसी थियो, पलभरमै उजाडियो
उजाडिनै थियो भने भेटै हाम्रो किन भयो ?

सुन्दर फूल फक्राएर किचिमिचि पा¥यौ किन ?
हे ईश्वर न्याय जोख्ने तिम्रो कसी के हो भन ?

हिड्दा हिड्दै धर्ती फाट्यो, किच्यो आकाशले
लिदाँ लिदैैं सास अड्क्यो, छेक्यो बतासले ।

खुशी हुने मनै छैन, दुखी हुने छुट छैन्
आखाँ जति रसाएनि आसुँ झार्न छुटै छैन ।

उ जुनीको गल्ती हो कि, यै जुनीको गल्ती
हाम्रो मिल्ती दैवलाई किन लाग्यो गल्ती ?

यमुना पराजुली करिब एक दशकदेखि बाल साहित्यमा कलम चलाउदैं आएउनु भएको छ ।