Friday, October 16, 2026
Home साहित्य गजल: आमालाई चिट्ठी

गजल: आमालाई चिट्ठी

479

-यमुना पराजुली अधिकारी
नहेर्नु है बाटो आमा आउन पाइन यो तिजैमा!
गित सुनी नरुनु है गाउन पाइन यो तिजैमा!!

परार साल किनेकी थे सबको लागि चुरा टिको!
आफैले नि शिरको फुल लाउन पाइन यो तिजैमा!!

रहर त थियो कति,साथी सङ्गि भेट हुने !
कुशे डाडा गैराघर धाउन पाइन यो तिजैमा!!

डाडाघरकी सुनिता नि आउदिन रे यसपाली !
उनी सङ्ग मनको मैलो साउन पाइन यो तिजैमा

ठुलिदिदी आउनु हुन्छ मनाउनुस है ? हासिखुसी !
हजुरहरुको मिठो माया पाउन पाइन यो तिजैमा !!
काठमाडौ