आज हरिबोदनी एकादशीः चाँगुनारायण नगरपालिकामा सार्वजनिक विदा

90

मंसिर ३,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्थाहरु, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक विदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो । विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएको र हरिबोधनी एकादशीमा चाँगुनारायणको महत्व बढि रहेको भन्दै नगरपालिकाले सार्वजनिक विदा दिएको नगर प्रमुख मिश्रले बताउनुभयो । हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।
ठुलो एकादशीलाई मध्यनजर गर्दै नगरपालिका प्रमुख मिश्रको नेतृत्वमा प्रदेश सभा सदस्य सरस्वती बाटीसहित टोलीले चाँगुनारायण मन्दिर परिसरको अनुगमन गरेको छ । एकादशीको दिन ठूलो संख्यामा भक्तजनको आवागमन हुने उक्त स्थानको सरसफाई, मोटर पार्किङ, भक्तजनहरुका लागि आवश्यक स्वास्थ्य सेवा एवं सहज दर्शनका लागि भई रहेको कार्यको टोलीले अनुगमन गरेको हो । चाँगुनारायणमा एकादशीको दिन हजारौं भक्तजनको भिड लाग्ने गर्दछ ।
अवलोकनपछि चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले चाँगुनारायण मन्दिर दर्शन गर्न आउने भक्तजनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ ।