सुन्दरी प्रतियोगिताः महिला शरिरमा पुँजिवादीले कब्जा गर्ने अश्त्र

288

-रसिला होमागाई
विश्वमा हुने मिस वल्र्ड जस्ता दर्जनौं सुन्दरी प्रतियोगिता रुपको प्रतियोगिता होइन बिचारको प्रतियोगिता हुनुपर्दछ । भिन्न क्षमता लिएर जन्मिएका महिलाहरुको खुबिको प्रतियोगिता गर्नु सान्दभिक हो तर पृथ्वीमा जन्मिएका सम्पूर्ण मानव जातिको शारीरिक बनावटमा कुनै भिन्नता रहेको हुदैन भने सुन्दरी प्रतियोगिता गर्नुपर्ने कुनै आवश्यकता रहदैन् । सुन्दरी कस्लाई भन्ने ? शारिरिक सुन्दरता भन्दा पनि बौद्धिक रुपले सुन्दर महिला नै समाजमा उत्कृष्ठ बनेका देखिन्छ । शारिरिक सुन्दरता त केही समयलाई न हो । मानसिक बौद्धिक सुन्दरता त जीवन पर्यन्त रहन्छ । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरे, समाजसेवी अङ्गुरबाबा जोशी, अनुराधा कोइराला, पुस्पा बस्नेत जस्ता सामाजिक व्यक्तित्वले गरेको परिर्वतन र मिस नेपाल भनेर ठुलो कम्पनिको ब्राण्ड एम्बेस्टर बनेर गरेको प्रचार कसले समाजको हित गरेको त्यसको मुंल्याकन गर्नु पर्ने बेला आएको छ ।
मेरो बिचारमा सुन्दरी प्रतियोगिता एउटा यौनिक क्रियाकलाप हो, जसमा महिलाहरुले अर्धनङ्न शरीरको प्रर्दशन गरेर आफुलाई छनोटमा पार्दछन् । युवतीको छाती, कम्मर र तिघ्रा नापरे सुन्दर घोषित गरिनु विश्वको पुजीवादी समाजको नमूना हो । राजामहाराजको पालमा जस्तै महिलाको रुप र शरिरमा धनीहरुको कब्जा जमाउने एउटा प्रक्रिया हो सुन्दरी प्रतियोगिता । यसरी गरिने क्रियाकलापहरुले महिलाले अङ्गहरु प्रर्दशन गर्दा यौन बिकृतीको उजागर गरेको भान हुन्छ । यो पश्चिमी समाजको नक्कल गर्दा आफ्नो समाजमा नकारात्मक असर पुगेको महसुुुस हुन थालेको छ । समय अनुसार मानिस परिवर्तन हुनु जरुरी छ तर पनि परिवर्तनकै नाममा समाजमा बिकृति र बिसङ्गतिहरु धेरै भित्रीएका छन् । सुन्दरी प्रतियोगिताको नाममा महिलाहरुले आफुलाई नङ्ग्याउने र भएका सिधा खुट्टालाई बाङ्गो पारेर हिड्ने प्रचलन रहेको छ । यसले समाजलाई कुन दिशातिर लैजान्छ र भावि सन्ततिले कस्तो शिक्षा पाउँछन होला ? पाश्चात्य समाजको सिको गर्दै नेपालि समाजमा निकै भड्किला क्रियाकलापहरु हुने गरेको छ ।

हिन्दु धर्मले नारीलाई माता लक्ष्मी ,देवी ,दुर्गा भनेर सम्मान गरेको छ , सबै नारी लक्ष्मी हुन्, सबै नारी देवी, दुर्गा हुन् किन चाहियो सुन्दरी प्रतियोगिता ? बरु सुन्दरी प्रतियोगिता आयोजनामा लगाउने खर्च दुगर्म भेगका छोरीचेलिहरु जसले विद्यालयको अनुहार देखेका छैनन् तिनीहरुमाथि खर्च गरीयोस् । उनिहरुको भविश्य प्रति सोचियोस् । हाम्रो देशमा अझैपनि छाउपडि प्रथा, बालविवाह जस्ता कुसंस्कार हटिसकेको छैन । यस्ता कुसंस्कारले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बालिकाहरुको शारीरिक र मानसिक रुपमा ठूलो आघात पुगेको हुन्छ र यस्तो अवस्थामा कति बालिकाहरुले आफुलाई आत्महत्या गरेको सुन्दै आएकाछौ । सकिन्छ भने सम्बन्धित निकाय र आम शिक्षित नागरिकहरुको ध्यान तेतातिर जाओस जबकि बालिकाहरुको ज्यान भन्दा ठुलो सुन्दरी प्रतियोगिता हुन सक्दैन् ।