कार्तिक १६,
काठमाडौं । केशव स्थापित २०५४ सालको स्थानीय निर्वाचनपछि नेपालको राजनीतिमा एक उदयमान युवा थिए । उनै स्थापितले पछिल्लो समय राजनीतिमा सहि निर्णय लिन नसक्दा यता यता भौतारिनु पर्यो । काठमाडौं महानगरको प्रमुख भएर विकाशको ढोका खोलेका स्थापित राजनीतिमा लगभग विस्थापीत भइसेका थिए । तर तत्कालिन नेकपा एमालेका नेताहरुसंग लगातार भेटले उनले प्रदेश सभामा सांसद पद पाए । त्यसपछि मुख्यमन्त्री हुने सपनापनि देखे तर गत बुधबार मुख्यमन्त्री डोरमणी पौड्लसंगको भनाभनको विषयमलाई लिएर उनको प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्रीको पद चट भएको छ ।
मन्त्री स्थापितलाई मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री पदबाट हटाएका छन् । बुधबार भएको मन्त्रिपरिषदको बैठकमा मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई गालीगलौज गरेका थिए । शुक्रबार उनलाई कारबाही स्वरुप पदबाट हटाईएको हो । पार्टीका उच्च नेतृत्वसँगको छलफलपछि पौडेलले सो निर्णय लिएका हुन् । नेकपाका एक नेताले नयाँ नेपाल न्युजसंग कुरा गर्दै भने प्रदेशको नाम र राजधानी तोक्ने विषयमा ढिला भएको भन्दै स्थापित मुख्यमन्त्रीसंग रुष्ट थिए । उनले काभ्रेको बनेपालाई राजधानी बनाउने कसरतमा लागेपछि मुख्यमन्त्री पौड्ेल रिसाएको ती नेताको भनाई छ ।