Saturday, September 19, 2026
Home समाचार बुहारीमाथि बलात्कार आरोप, ससुरा कारागार चलान

बुहारीमाथि बलात्कार आरोप, ससुरा कारागार चलान

37

बैतडी । बुहारीमाथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतको आदेश अनुसार ती पुरुषलाई कारागार चलान गरिएको हो। आफ्नै बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई गएको पौष २८ गते पक्राउ परेको थियो।

पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको र जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेस गरेको थियो।