Friday, September 25, 2026
Home समाचार दसैँका लागि गाडीले पालो कुर्नु नपर्ने

दसैँका लागि गाडीले पालो कुर्नु नपर्ने

77

असोज १६,
दसैँका लागि गाडीले पालो कुर्नु नपर्ने भएको छ। यात्रुहरुको चापलाई व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो।यातायात व्यवस्था विभाग, यायातात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलमा दसैँको यात्रालाई सहज बनाउन सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति भएको छ। ‘कतिपय ठाउँका यात्रुबस एक हप्तासम्म पालो कुरेर छुटे्ने गर्छन्। तर अब दसैँभर त्यसरी पालो कुर्नुपर्दैन’ महागरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरीक्षक वसन्त पन्तले बताए।विगतजस्तो यसपटक व्यवसायीले नयाँ बस नहालेपछि दसैँको चापलाई लक्षित गरी पालो नबस्न पर्ने व्यवस्था मिलाईएको छ ।