पूर्व प्रहरी हाकिमहरुको अभिव्यक्तिप्रति गृहमन्त्रालयको आपत्ति

149

जेठ २१,
काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी अधिकृतहरुले ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई फसाउन खोजिएको दावी गरेको भोलिपल्ट गृहमन्त्रालयले आपत्ति जनाएको छ । अनुसन्धान कार्यका सम्बन्धमा एवं हाल सम्मानित अदालतमा विचारधिन अवस्थामा रहेका कतिपय संवेदनशील विषयमा केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्तिहरुप्रति गम्भिर ध्यानकषर्ण भएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले सोमबार एक विज्ञप्तिमा यस्ता अभिव्यक्तिहरुबाट अनुसन्धानलाई प्रधावित पार्न सक्ने एवं अपराधीहरुको मनोबल बढ्न सक्ने देखिएको तर्फ नेपाल सरकार, गृहमन्त्रालय सचेत छ, त्यस प्रकारका भ्रामक धारणाहरु प्रति कुनै सत्यता नरहेको भनिएको छ ।
पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, पूर्व डीआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले आइतबार ललितपुरमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको र गम्भिर अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।

गृहमन्त्रालयका सहसचिव ईश्वर पोखरेलको छानविन समितिमाथि नै प्रश्न उठाउँदै उनीहरुले छुट्टै आयोग गठन गरेर वा त्यसभित्रै रहने गरी ‘टाक्स फोर्स’ या संसदीय समिति बनाएर सुन तस्करी र शाक्य हत्याको पुनः छानबिन गर्नुपर्ने माग गरेका थिए ।