कविताः हो म लडाइ चाहान्छु

172

-राजकुमार लामिछाने,
हो म लडाइ चाहान्छु
म हेर्न चाहान्छु गर लडाइ
पार्टी पार्टी बिच
साथी साथी बिच
प्रदेश प्रदेश बिच
हिमाल पहाड मधेश बिच
त इमान्दार कि म इमान्दार
त होनाहर कि म होनाहर
गरिबी मैले अत्य गरेकी त्यैले
सुधृएको त पैले म पैले
सत्य तथ्य सहित बाहिर ल्यायो कैले
भाषण शासन सब गुमनाम
त्यै पनि सफलताको शिखरम सब काम
कस्ले गरेको
म हेर्न चाहान्छु यो बिषयमा युध्दै परेको
हो म लडाइ चाहन्छु ।

म लडाइ हेर्न चाहान्छु
त्यो सैनिक प्रहरी कर्मचारी
कस्को छातिमा छ देशभक्ति
भारिका भारी
सेवा भावले भरिएको मन
प्रतिबद्ध हात कटिबद्ध वचन
खाली टेबल सम्पन्न फाइल
जनकाममा लाग्दा कस्को मुहारमा बढी स्माइल
भ्रस्टाचारको जालो
कस्ले पहिले फाल्यो
भ्रस्ट भ्रस्ट भ्रष्ट त्यो मुख
पहिले कस्ले पखालो
यस्मा गर लडाइ म हेर्न चाहान्छु
हो म लडाइ चाहान्छु ।

मेरा नेता भनाउदा
यति सार्हो गनाउदा
नाथे चुनाब जितेको के को घमण्ड
नाथे चुनाव हार्दैमा के को उदण्ड
के बाजि मार्यौ
के हात पार्यौ र घमण्ड
कुन बाजि हार्यौ
के पाउथ्यौ र आश मार्यौ अनि उदण्ड
सक्छौ भने गर लडाइ
निर्मला जस्ता कलिला नानिहरुको
न्याय जितेर आउ
सक्छौ भने गर लडाइ
सिमाको पिल्लर सार्नेको
शिर गिडेर आउ
भाइ भाइ बिच दुश्मनि को बीउ छर्ने
सि के राउतहरु सङ्ग भिडेर आउ
आफ्नै घरमा बम हान्नेको हात निमोठोदेउ
सिमामा निदाएको सिपाहिको
सुतेको गोर्खाली बिरतालाइ चिमोटिदेउ
कस्ले सक्छ गर लडार्इ
म हेर्न चाहान्छु गर लडार्इ
म हेर्न चाह्न्छु गर लडार्इ ।
                                           तेलकोट, भक्तपुर