-मोहन आचार्य ‘जलद’,
मुग्लानी हुनुको पिडा बोकेर बाच्नुछ देशलाई सम्झेर
बन पाखा चौरमा रमाई खेलेको याद आउछ अल्झेर
—-
आफन्ती सारा छोडेर विदेशको धर्तीमा के रम्नु ?
मुग्लानी हुनुको ब्यथा देखाई कबिता मैले के लेख्नु ?
—
जीवन हाम्रो यात्रामा पोर्तुगल र स्पेनको शहर !
बेलायतको संसार ठुलो छ कसोरी पुग्ला रहर ?
—
चेतना मानिसको धनमा भो दया र माया हराइ गो
सिर्जना मनको पालुवा गरिबी जीवन बगाई गो
—
चुडेको फूल झर्दछ चंगा सरी यो जीवन सम्झेर
नमान दुख जीवनमा सृजना सरी रोदन बुझेर
—
एकदिन सारा जानुछ जन्मेको हो नि मर्नलाई
उदेश्य पुरा छदैछ लोक र परलोक गर्नलाई
—
विदेशको ज्ञान संगाल्दै फर्केर जानुछ नेपालमा
निमित्त बनोस यो जीवन सगर्व आस्था बिशालमा ।
हाल: बेलायत