विराज भट्टको एक्सन फिल्म ‘साङ्लो’को ट्रेलर यस्तो छ

315

पुस १८,
काठमाडौं । अभिनेता विराज भट्टको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘साङ्लो’ ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्ममा किड्नी तस्करीको कथा देखाइने छ । लामो समयपछि नेपाली फिल्ममा कमब्याक गरेका विराजलाई दर्शकले निकै साथ दिईरहेका छन् । दर्शकले फिल्मको ‘चरीले काफ्ल टिप्यो’ बोलको पहिलो गीतलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । यसै फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डक डेब्यु गर्दैछिन् । एक्सन फिल्ममा विराज र निकितासँगै प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको अभिनय रहेको छ । विराज भटट् फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा तेज बहादु खड्काको पनि लगानी छ । शिवम् अधिकारीको पटकथा र संवाद रहेको फिल्ममा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ । मानकृष्ण महर्जनले खिचेका फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । यो फिल्म माघ २४ गते देखि प्रर्दशन हुँदैछ ।