छानामा जस्ता राख्ने क्रममा करेन्ट लागेर काफ्लेको मृत्यु

82

भदौं १०,
भक्तपुर । भक्तपुर निर्माणाधिन घरमा करेन्ट लागेर आइबार एक जना पुरुषको मृत्यु भएको हो ।
महानगरिय प्रहरी वृत्त जगातीले दिएको जानकारी अनुसार भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक पाइपलाईन स्थित नाति प्रजापतिको बनिरहेको घरमा छानामा जस्ता राख्ने क्रममा दिउसोँ ५७ वर्षीय रुद्र काफ्लेको मृत्यु भएको छ ।
ओखलढुंगा घरभई हाल कमलविनायक बस्दै आएका काफ्लेको उपचारको गर्न लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीसंगै काम गरिरहेका सोही स्थान बस्ने ३८ वर्षका हिरा बहादुर खड्का घाइते भएका छन् । उनको हातहरु जलेको छ । हाल खड्काको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनासम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।