Friday, September 25, 2026
Home समाचार खोलाले बगाएर दुई जनाको मृत्यु

खोलाले बगाएर दुई जनाको मृत्यु

126
सांकेतिक तस्विर

साउन १९,
संखुवासभा । खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । सभापोखरी गाउँ पालिका र चैनपुर नगरपालिकामा खोलाले बगाउँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । सभापोखरी गाउँपालिका–६ मा शुक्रबार साँझ हाङ्दुवा खोला तर्ने क्रममा बगाएर टंकीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। माइतीबाट घर फर्किँदा खोलाको ढुंगामा चिप्लिएर लड्दा खोलाले बगाएको प्रहरीले बताएको छ। यस्तै, चैनपुर नगरपालिका–४ का खड्गबहादुर लिम्बुको शुक्रबार दिउँसो ठेकुवाखोलामा बगेर मृत्यु भएको छ। खोला तर्ने क्रममा ढुङ्गामा चिप्लिएर दहमा पसेको लिम्बुको निक्लिन नसक्दा मृत्यु भएको इलाका प्रहरी चौकी चैनपुरले बताएको छ।