मुहान पोखरी क्षेत्रको संरक्षणमा जुटे स्थानीयहरु (फोटो र भिडियो)

828

साउन १९,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ र ७ को सीमानामा रहको मुहानपोखरी क्षेत्रको संरक्षणमा स्थानीयहरु सक्रिय भएका छन् । वर्षातको समयमा सुन्दर प्रकृति दृश्य देखिने यो स्थानमा आन्तरीक पर्यटकहरुको हजारौंको संख्यामा आउने गरेका छन् । उक्त क्षेत्रबाट भक्तपुर र चाँगुनारायण नगरपालिकाको धेरे स्थानमा खानेपानी समेत ल्याउने गरिएको छ । शनिबार कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मिश्रले यस प्रकतिक क्षेत्रको संरक्षण र प्रचारप्रसारको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सन्तबहादुर वाइवा, भक्तपुर निमार्ण व्यवसायी संघका अध्यक्ष निरन्जन बजगाई, संस्थाका सल्लाकारहरु राधाकृष्ण लामिछाने, रामप्रसाद लामिछाने, नानीराम गिरीलगायतले यस क्षेत्रको संरक्षणमा सबै एकजुट हुनुपर्ने धारणा राखेका छन् । कार्यक्रम स्थानीय युवाहरु नविन गिरी, जगतबन्धु बास्तोला, सरोज अधिकारी, जयराम बास्तोलालगायतको सक्रियता र मुहान गणेश क्षेत्र संरक्षरणसमाजको पहलमा छलफल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।