श्रीपेच प्रर्दशनीको मिति सरेको सर्यै

114

समाचारपत्र दैनिक- साउन १४,
काठमाडौँ, । श्रीपेच प्रदर्शनीमा राख्ने अन्तिम तयारी गरेको नारायणहिटी विकास समितिले इलेक्ट्रोनिक सुरक्षा प्रणाली सुदृढ गर्र्ने प्रकृया थालनी शुरु छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित समितिले सुरक्षा प्रणाली मर्मत संहार गर्न टेण्डर आब्हान गरेको छ । २०६९ सालमा करिब १ करोड ५० लाख रुपियामा जडान गरिएको सिसिटिभी लगायतका सुुरक्षा यन्त्रमा खराबी देखिएपछि त्यसलाई मर्मत गर्न टेण्डर आब्हान गरिएको हो । समितिले शनिबार २८ लाख ७५ हजार रुपिया बराबरको सुरक्षा प्रणाली मर्मत गर्न टेण्डर आब्हान गरेको हो ।

सकभर असोज नभए कातिक मसान्तभित्र श्रीपेच लगायतका सामाग्री राख्न मिल्नेगरी सुरक्षा यन्त्रहरु मर्मत गर्न लागिएको हो–समितिका संयोजक दाहालले भन्नुभयो । सुरक्षा प्रणाली मजबुत भएपछि श्रीपेच राख्ने प्रकृया अघि बढाइने भएको छ । नेपाली सेनाको कडा सुरक्षाभित्र श्रीपेच सहित राजदण्ड, दुई वटा मेस, ढाल, तरवार, रानीले लगाउने मुकुट९टायरा०, एउटा झारी, र दुई वटा चमर राख्न मिल्नेगरी बुलेटप्रुफ सोकेश तयारी भैसकेको छ । सरकारले तीन महिना भित्र श्रीपेच प्रदर्शनीमा राख्ने योजना बनाएपछि समिति तातेको हो । लामो समयपछि सुरक्षा प्रणाली अवलोकन गर्दा बिग्रीएको फेला परेपछि पुन मर्मत गर्न टेण्डर आब्हान गरिएको संयोजक दाहालले बताउनुभयो ।