Tuesday, October 13, 2026
Home राजनीति नुवाकोट एमाले अध्यक्षमा मैनाली

नुवाकोट एमाले अध्यक्षमा मैनाली

28

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिएका छन्। पार्टीको आठौं जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

पाँचसय ९२ मतमध्ये उनले तीनसय ४५ मत प्राप्त गरे। उनका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुईसय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गरे। प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएका छन्।

बुधबारदेखि सुरु आठौं जिल्ला अधिवेशनमा विभिन्न ३१ पदमा ८४ जना उम्मेदवार विजयी भउका छन्। कुल २८ जना सर्वसम्मत निर्वाचित भएका थिए। अधिवेशनमा कुल ६ सय १७ जना प्रतिनिधिको सहभागिता थियो।